देशभर सामान्य बदली भै वर्षा हुने सम्भावना

तामसालिङ खबर
११ आश्विन २०७६, शनिबार १२:४९

असोज ११, काठमाण्डौ – शनिबार पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विज्ञानको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ ।

नेपालमा सामान्यतया जून १० बाट मनसुन सुरु भएर सेप्टेम्बर २३ सम्म रहन्छ । तर, पछिल्ला केही वर्षयता ढिलो गरी बाहिरिँदै आएको मनसुन यस वर्ष अझैसम्म सक्रिय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*