प्रदेश ३ को जनजाति महासघले नेवाःताम्सालिङ जागरण अभियान गर्ने

तामसालिङ खबर
११ आश्विन २०७६, शनिबार ०६:०४

असोज ११, कठमाडौं – नेपाल आदिवासी जनजाति महासंघ (नेवाःताम्सालिङ) ३ नं. प्रदेश समन्वय परिषदको पहिलो पूर्ण बैठक काठमाडौमा भएको छ । असोज ४ र ५ गते सिन्धुलीको सिन्धुलीमाढीमा सम्पन्न प्रथम अधिबेशनले काजीमान थिङको अध्यक्षतामा महासंघको ३ नं. प्रदेश समन्वय परिषद गठन गरेको थियो ।

परिषदका अध्यक्ष काजीमान थिङको अध्यक्षतामा शुक्रवार बसेको पहिलो पूर्ण बैठकले प्रथम अधिबेशनको समिक्षा गर्नुका साथै अन्य महत्वपूर्ण निर्णयहरु गरेका छन् । महासंघको ऐतिहासिक प्रथम अधिबेशन सिन्धुलीमाढीमा भव्य र सभ्य रुपमा सम्पन्न भएको समिक्षा गरेको छ ।

अधिबेशन सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद, सिन्धुलीका सम्पूर्ण पदाधिकारीहरु, जातीय संस्थाहरु, युवा, विद्यार्थी तथा कलाकार र झाँकी व्यवस्थापकहरुलाई धन्यवाद तथा आभार प्रकट गरेको छन् । आर्थिक सहयोग उपलब्ध गराउने स्थानीय सरकार गाउँपालिका, नगरपालिका, संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद ब्यक्त गरेका छन् ।

बैठकले महासंघको संरचनालाई व्यवस्थित र जुजारु बनाउन जिल्ला इन्चार्जहरु समेत तेकेको छ । अध्यक्ष काजीमान थिङका अनुसार सिन्धुलीमा भक्तबहादुर हायू, रामेछाप धनबहादुर माझी, काभ्रेमा सुर्यमाया दनुवार, मकवानपुर घनबहादुर भुजेल (रमेश), ललितपुर सुमन राई, काठमाडौं प्रदिप लिम्बु, भक्तपुर कृषला नगरकोटी पहरी, सिन्धुपाल्चोक जिमि लामा ह्योल्मो, धादिङ गोपाल गुरूङ र रसुवा, नुवाकोट, दोलखा र चितवनको लागि अध्यक्ष काजीमान थिङलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

‘जिम्मेवारी अनुसार इन्चार्जहरुले अधिबेशन गर्न बाँकी जिल्ला तथा स्थानीय तहहरुको आगामी मंसिर मसन्तभित्र अधिबेशन सम्पन्न गर्न पहल लिइने छ’ अध्यक्ष थिङले भने ‘त्यसपछि प्रशिक्षण र पौष–माघ महिनामा एकमहिने नेवाःताम्सालिङ राजनीतिक जागरण अभियान सञ्चालन गरिने निर्णय भएको छ ।’

महासंघको पदाधिकारी तथा सदस्यमा प्रतिनिधित्व हुन छुटेका जातीय सदस्य संगठनहरुलाई नियमबमोजिम प्रतिनिधि पठाउन पत्रचार गरिने निर्णय भएको पनि अध्यक्ष थिङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*