हेटौँडा उपमहानगरको कार्यपालिका सदस्य गोलेको श्रद्धाञ्जली सभा, आईतबार उपमहानगरपालिकामा विदा

तामसालिङ खबर
११ आश्विन २०७६, शनिबार २२:४५

असोज ११, हेटौडा – हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य रुपा खुलाल गोलेको शनिबार साँझ श्रदान्जली सभा गरिएको छ । हेटौंडा १३ पदमपोखरी निवासी रुपा गोले क्यान्सर रोगले चापेपछी लामो समय देखि उपचाररत उहाँ शनिबार निधन भएको हो ।

श्रदान्जली दिदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पार्थिक शरिरमा माला सहित फूल गुच्छा चढाउनुभयो । तीन वर्ष देखि क्यान्सर रोगबाट पीडित खुलालले शनिबार उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो ।

श्रदान्जली सभामा संबिधान सभाका सदस्य अनन्त पौडेल, प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, नेकपा मकवानपुरका कार्यालय सदस्य बद्री लंसाल, एकालाल श्रेष्ठ, उपमहानगरपालिकाका वडा अध्यक्षहरु, कार्यापालिकाका सदस्यहरु, कर्मचारीहरु, राजनीति दल, शुभ चिन्तकहरु लगायतको सहभागिता रहेको थियो ।

हेटौंडा उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य रुपमा खुलाल गोलेको मृत्यु भए संगै भोली आईतबार उपमहानगरपालिकामा बिदा दिइएको छ । सबै जनप्रतिनिधिहरु र कर्मचारीहरु जम्मा भएर श्रदान्जली सभा गर्ने र त्यसपछी कार्यालय बिदा हुने उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*