हेटौंडामा चोरीको प्रयास गर्ने एक जना पक्राउ
असोज १२, हेटौंडा – मकवानपुरको हेटौडा ४ मा रहेको एक घरमा चोरीको प्रयास गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार राति करिब ११ बजे वडा नम्बर ४ निवासी शंकर न्यौपानेको घरमा चोरीको प्रयास भएको प्रहरीले जनाकारी दिएको छ । उनको घरभित्र रहेको साइकल चोर्दै गर्दा भीमफेदी गाउँपालिका वडा नं २ बस्ने १६ वर्षिय पूर्णबहादुर वाइबा पक्राउ परेका छन् ।
स्थानीयको सहयोगमा चोरी गर्दैगर्दा वाइबालाई रंगेहात पक्राउ गरिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिनु भयो । वाइबालाई अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।






