काठमाण्डौ-नारायणघाट भएर चल्ने ठूला गाडी चलाउन रोक

तामसालिङ खबर
१२ आश्विन २०७६, आईतवार ११:२९

असोज १२, चितवन – आज देखि यही १८ गतेसम्म चितवनको नारायणघाटबाट काठमाण्डौ लागि चल्ने १० चक्के र त्योभन्दा ठूला गाडी दिउँसोे चलाउन नपाइने भएको छ ।

औषधी, खाद्यान्न र लत्ता कपडा, मासुजन्य पदार्थ तथा तत्काल नष्ट हुने सामग्री बोकेका गाडीलाई भने अवस्था हेरेर पठाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

यो सडक-खण्डमा धेरै गाडी गुड्दा घण्टौँ जाम हुने भएकाले जाम कम गर्न र यात्रा सहज बनाउन दिउँसोको बेला ठूला गाडी चलाउन रोक लगाइएको विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*