ब्रान्डेड कपडाको ‘आर्किडस ग्लोबल’ हेटौडामा संचालन, दशैको अवसरमा ७० प्रतिशत सम्म छुट
असोज १२, हेटौडा – हेटौडाको नारायणी मलमा आर्किडस ग्लोबल प्रालिको २९ औं शाखा हेटौंडामा सञ्चालनमा आएको छ । ब्राण्डेड लुगा सहितको सामग्रीहरु बिक्री गर्ने उदेश्यले कम्पनीको शुभारम्भ कार्यक्रममा हेटौंडा उपमहानगरको मेयर हरि बहादुर महतले आइतबार एक कार्यक्रमका बीच उदघाटन गरेका थिए ।
नेपालको विभिन्न मुख्य शहरहरुमा शाखा रहेको आर्किडस ग्लोबलको प्रदेश ३ को राजधानीमा शाखा सञ्चालन गरिएको कम्पनीका प्रवन्धक निर्देशक मुकेश कुमार शाहले बताए ।
आइतबार देखि शुभारम्भ भएको शाखामा लेडिज, जेन्स सहित बच्चाहरुको सबैखाले कपडाहरु पाउने निर्देशक शाहको भनाइ छ ।
दशैंको अवसरमा ७० प्रतिशत सम्म छुट अफर रहेको शाखामा पेपे जिन्स लण्डन, जीनि एण्ड जोनी ग्रिक, युनाईटेड कलर अफ बेनेटन, डिल लगाएतको ब्राण्डेड कपडाहरु पाइने उनले बताए ।






