सनसनीपूर्ण बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण नगरौ-संचारमन्त्री बाँस्कोटा

तामसालिङ खबर
१२ आश्विन २०७६, आईतवार १९:४२

असोज १२, काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उदघाटन कार्यक्रममा सम्बोधन गर्दै उनले समाचार सनसनीपूर्ण बनाउने नाममा गलत समाचार सम्प्रेषण गरिएको प्रति रोष प्रकट गरे ।

उनले भने, “समाचार सनसनीपूर्ण बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति हटेको छैन, यसमा विशेष ध्यान पु¥याउनुहोला ।” आफूले सत्यतथ्यमा आधारित सकारात्मक समाचारको अपेक्षा गरेको उनले बताए ।

भ्रामक समाचार सम्प्रेषण गर्दा के हुन्छ, अब विचार पुर्याउनुहोला”, उनले भने । गलत अर्थ दिने समाचार शीर्षक नबनाउन र जनताले विश्वास गर्नेगरी पत्रकारिता गर्न सञ्चारकर्मीलाई उहाँले सुझाव दिए ।

मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासंघको माग सञ्चार मन्त्रालयले पूरा गरिरहेको उल्लेख गर्दै ‘मिडिया हाउस’ले न्यूनतम पारिश्रमिक दिए नदिएकाबारे पत्रकार महासंघले अनुगमन थालेकोमा खुशी व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले आइतबार नै पाँचखाल नगरपालिका–१२ देवभूमि बालुवास्थित आजाद माध्यमिक विद्यालयको अभिभावक भेला एवं शुभकामना आदानप्रदान कार्यक्रम र खानीखोला गाउँपालिका स्थित खुशी समाज युवा क्लबको दशैँ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नु भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*