बल्खु काउन्टरबाट बढी भाडा लिने ५ जना प्रहरीको नियन्त्रणमा

तामसालिङ खबर
१२ आश्विन २०७६, आईतवार १६:३६

असोज १२, काठमाडौँ – काठमाडौँको बल्खु र कोटेश्वरको टिकट काउन्टरबाट बढी भाडा लिने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक महाशाखाका अनुसार बढी भाडा लिने १४७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका – १० का २७ वर्षीय श्रीराम सिन्तान, बारा माहागढीमाई नगरपालिका – ३ का २४ वर्षीय चन्दन साह कलवार, सिन्धुली कमलामाई नगरपालिका–९ का ५० वर्षीय दिपेन्द्र प्रसाद पौडेल, पाँचथर कुम्बायक गाउँपालिका–३ का ३० वर्षीय उपेन्द्र ढुंगाना र महोतरी बर्दिवास नगरपालिका–१० का २६ वर्षीय विशाल घिसिङ रहेका छन् । उनीहरुलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

दशैंको अवरसरमा यातायात व्यवस्था विभागले तोकिदिएको भाडादर कायम नगरी बढी भाडा असुल्ने कार्यमा संलग्न रहेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको ट्राफिक महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*