प्रहरीले चालकलाई सुरक्षित यात्राको कामना सहित माला लगाई बिदा
असोज १३, हेटौडा – मकवानपुर प्रहरीले चाडपर्वको समयमा सुरक्षित यात्राको शुभकामना सहित चालकलाई माला लगाई विदा गरेको छ । हेटौँडा बसपार्कमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले चालकहरुलाई माला लगाएर विदा गर्नु भएको हो ।
कार्यक्रमा चालकहरुलाई नियमको पालना गरी यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पुर्याउन आग्रह गरिएको थियो भने चालकहरुले आफुहरुले आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, दंगा प्रहरी नियन्त्रण गणका प्रहरी उपरीक्षक कृष्ण बहादुर पुलामी मगर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी उपरीक्षक अरुण पौडेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।






