सोनाम ल्होछारमा तीन दिन सार्वजनिक बिदा दिन माग

माघ, हेटौडा – नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले बागमती प्रदेशमा सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गरेको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई एक ज्ञापन पत्र बुझाउँदै बिदाको माग गरिएको हो । बागमती प्रदेशमा सोनाम ल्होछारलाई मुख्य पर्वको रुपमा मनाउने तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको र यस समुदायले ५ दिनसम्म यो पर्व मनाइने प्रचलन रहेकाले कम्तीमा ३ दिन सार्वजनिक बिदाको माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ । मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश मन्त्रिपरिषदमा उक्त विषय बारे छलफल गरि निर्णय गरिने प्रतिकृया दिएका छन्...