रंगशाला निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै धुर्मुश-सुन्तली फाउन्डेशन विरुद्ध मुद्धा

माघ, काठमाडौं – रंगशाला निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परेको छ । वेदप्रसाद भण्डारी नामबाट इमेल मार्फत फाउण्डेशनबिरुद्ध उजुरी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कलाकार सिताराम कट्टेल अध्यक्ष रहेको फाउण्डेशनले चितवनमा रंगशाला निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । उक्त फाउण्डेशनले चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणारम्भ गरेको थियो । फाउण्डेशनले दातृ निकाय, विदेशमा रहेका नेपाली श्रमिक तथा सरकारकाबाट रकम उठाएर रंगशाला निर्माण गर्ने प्रयास गर्ने प्रयास गरेपनि निर्माण सम्पन्न गर्न भने सकेको छैन...