उत्तरी नाकामा रोकियो १० हजार मेट्रिकटन युरिया

असोज, काठमाण्डौ – उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन नदिन उत्तरी नाकाबाट ल्याउन लागिएको युरिया मल नाका अवरोधका कारण रोकिएको हो । सिल्क मार्केट नामक नेपाली कम्पनीले १० हजार मेटन युरिया मल १० दिनअघि ल्हासा पार गराएर सिगात्से भन्ने स्थानमा ल्याइपुर्‍याएको भए पनि नाकामा भएको असहजताका कारण नेपाल भित्र्याउन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेडले १० हजार मेटन युरिया र ५ हजार...