पत्रकारको कलम सधै जनताको पक्षमा हुनु पर्छ – ओमबहादुर ग्लान

असोज, हेटौडा (मनहरी) – नेकपा माओबादी केन्द्र बागमति प्रदेशका सदस्य ओम बहादुर ग्लानले पत्रकारहरुको कलम संधै जनताको पक्षमा हुनु पर्ने बताएका छन । शनिबार पश्चिम मकवानपुरको मनहरीमा आयोजित प्रेस सेन्टर नेपालको मनहरी, राक्सिराङ तथा कैलाश गाँउपालिकाको संयुक्त भेला तथा दशै तिहार, तथा छठ पर्वको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै ग्लानले उक्त कुरा बताएको हो । जनता माझमा सत्य, तथ्य र निष्पक्ष समाचार ल्याउनु पत्रकारको मुल काम भएकाले सधै जिम्मेवारपुर्ण ढंगले आफ्नो कर्तब्य निभाउन आग्रह गरे । जनताको पक्षमा कलम चलाइरहदा कहिले कहि समस्या आउने र त्यसको डटेर समाधान गर्नमा जोड...