मकवानपुरको प्रतापपुर रमौलीबाट गैँडा गणना शुरु
चैत्र, हेटौँडा – दुर्लभ हुँदै गएको वन्यजन्तु एकसिंगे गैँडाको नेपालमा सोमबारबाट गणना थालिएको छ । ६ बर्षपछि सोमबार बिहान चितवन राष्ट्रिय निकुन्जको पूर्वी क्षेत्रस्थित पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका स्थित रमौली–प्रतापपुरमा पुगेर वन तथा वातावरणमन्त्री प्रेम आलेले हात्तीमा चढेर सिठी फुक्दै गैँडा गणना सुरु भएको घोषणा गर्नुभयो । चितवन राष्ट्रिय निकुन्ज सहित पर्सा राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा गैँडा गणना हुनेछ । सोमबारबाट सुरु भएको गणनाका लागि चितवन राष्ट्रिय निकुन्जलाई १९ वटा ब्लकमा विभाजन गरिएको छ । हरेक दिन एउटा ब्लकमा गैँडा गणना गरिने...



















