अपत्यारिलो ठाउँमा अकल्पनीय घटना

असार, काठमाडौँ – कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पुर्‍याएको छ । मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो । पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आँकलन थिएन । सिन्धुपाल्चोक जिल्लालाई मध्यम जोखिमको क्षेत्रमा राखिए पनि ठूलो क्षति हुन पुग्यो । विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाका अनुसार एकैठाउँमा धेरै पानी पर्दा नसोचेको क्षेत्रमा ठूलो क्षति...