चेपाङ बस्तीमा आगो लगाएको विरोधमा प्रदर्शन
साउन, चितवन – चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले चितवनको माडी नगरपालिका–९ कुसुमखोलास्थित चेपाङ बस्तीमा आगो लगाएको विरोधमा मंगलबार भरतपुरमा प्रदर्शन गरिएको छ । नेपाल बसोवास बस्ती संरक्षण समाज र अखिल नेपाल क्रान्तिकारी सकुमबासी संघ चितवनको आयोजनामा प्रदर्शन गरिएको हो । शनिबार निकुञ्ज र सेनाको टोलीले कुसुमखोलका दुई घरमा आगो लगाउनुका साथै आठ घर हात्ती लगाएर भत्काएका थिए । घर भत्काएपछि उनीहरू बिचल्लीमा परेका छन् । त्यसको चौतर्फी आलोचना भइरहेका वेला मंगलबार प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिका सर्वसाधारणले ‘अधिकार माग्दा दमन गर्ने व्यवस्था गणतान्त्रिक व्यवस्था हुन सक्दैन्, सत्ता र शक्तिको आडमा सुकुमबासीमाथि अन्याय...



















