नबनियुक्त प्रदेश प्रमुखहरुद्वारा सपथ ग्रहण

कार्तिक १९, काठमाण्डौ – सातै वटा प्रदेशको प्रदेश प्रमुखहरुले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखहरुले सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधान न्यायाधीश चोलेन्द्र समशेर जवरा लगायतको उपस्थिति रहेको थियो । प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा...