भूकम्प प्रतिरोधी भवन विद्यालयलाई हस्तान्तरण

कार्तिक २१, हेटौंडा – पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ महांकाल स्थित जनज्योति आधारभूत विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय लिसा हिमालय इभी, जर्मनी र दीगो विकासका लागि एकता(यूएसडी) नेपालको संयुक्त पहलमा निर्मित भवन यूएसडी नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले विद्यालयका अध्यक्ष जयबहादुर तितुङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद सन्तबहादुर चेपाङको प्रमुख आतिथ्य, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको विशेष आतिथ्य रहेको थियो । सांसद चेपाङले विकट भूगोलमा आएर लिसा हिमालय र यूएसडी नेपालले गरेको भौतिक पूर्वाधार तथा स्वास्य...