आज भाईटीका, शुभ-साइत बिहान ११:५५ बजे
कार्तिक १२, हेटौडा – नेपालीको दोस्रो महान ठूलो चाड तिहारको मुख्य दिन आज भाईटीकाको शुभ साइत बिहान ११ : ५५ रहेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यमपञ्चक अर्थात तिहारको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिन्छन् । आज भाई टिकाको दिन दिदीबहिनीहरुले दाजुभाइहरुलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको रहेको छ...



















