नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास
कार्तिक ५, काठमाडौं – नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमवार शिलान्यास गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग शिलान्यास गरेका हुन् । आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा साँढे दुई वर्ष अघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरू भएको थियो । यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । प्रवेश मार्ग सहित...



















