नेकपाले सभामुख नछाड्ने, उपसभामुखलाई राजीनामा गराउने तयारी
असोज १७, काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख पद नछोड्ने भएको छ । कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ । ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन ।’ संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक पद छोड्नुपर्नेमा नेकपाले अनेक बहाना गरेको आरोप लगाउँछन् । ‘सभामुख वा उपसभामुखमध्ये उहाँहरूले एक पद पहिल्यै छोडनुपथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बहाना बनाउनुभयो ।...



















