नेकपा एसबाट मकवानपुरको क्षेत्र नम्बर २ बाट बिरोध खतिवडा सहित ११ जनाको नाम सिफारिस

भदौं, हेटौँडा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेकपा एकिकृत समाजवादी मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएको छ । क्षेत्रिय कमिटि बैठकले प्रतिनिधिसभाको लागि बिरोध खतिवडाको नाम सर्बसम्मत सिफारिस गरेको छ । बैठकले प्रतिनिधिसभाको लागि समानुपातीक तर्फ केदार न्यौपाने, मुनु सिग्देल, राजाराम स्याङ्तान तथा राष्ट्रिय सभाको लागि ललित बस्नेतको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभा तर्फ प्रतिनिधी सभा क्षेत्र नम्बर २ ‘क’ मा प्रत्यक्ष तर्फ रामचन्द्र बल र समानुपातिक तर्फ बेगम बराललाई सिफारिस गरेको छ। प्रतिनिधि सभा क्षेत्र नम्बर २ ‘ख’...