बागमती प्रदेशले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर वजेट ल्याउने तयारी

जेठ १, हेटौंडा – कोरोना भाइरस (कोभिड १९) को त्रासपछी लाखौ जनाको रोजगारी गुमेकाले बागमती प्रदेश सरकारले रोजगारीलाई प्राथमिकता दिन लागेको छ । प्रदेश सरकारले कृषि र रोजगारीलाई वढी प्राथमिकता दिएर वजेट ल्याउनका लागि तयारी थालिएको हो । बिदेशमा रहेका सयौ युवा स्वदेश फर्कने तयारीमा रहेको र स्वदेशमै रहेका युवा पनि वेरोजगार रहेको अवस्थामा कृषिलाई प्राथमिकता दिन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो । बिशेषगरी किसानलाई खुसी पार्ने गरी वजेट ल्याउन लागिएको उहाँले वताउनुभयो । साना किसान ठुला किसान भन्दा पनि सवैखालका किसानलाई प्राथमिकताका...