मकवानपुरगढी गाउँपालिकाको बजेट ५९ करोड ७५ लाख (पूर्णपाठ)

असार, हेटौडा (मकवानपुरगढी) – मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । गाउपालिकाको पाँचौं गाउँसभामा वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बाले प्रस्तुत गर्न तयार पारिएको नीति कार्यक्रम र बजेट वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले बाचन गर्नु भएको थियो । आयतर्फ संघीय सरकार र प्रदेश सरकार वितिय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँड तर्फ १६ करोड ११ लाख ५९ हजार प्राप्त...