तेस्रोपटक बढाइयो, अन्तरार्ष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण अवधि
भैरहवा – निर्माणाधीन अन्तरार्ष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण अवधि थपिएको छ । निर्माण सम्पन्न गर्न थप समय आवश्यक देखिएकाले अवधि थप भएको आयोजनाले जनाएको छ। विमानस्थलको निर्माण कार्य सम्पन्न गर्न यही जुन २८ सम्म म्याद थियो । यस अघि सन् २०१७ मै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, २०१७ मा सम्पन्न नभएपछि २०१९ जुन २८ सम्म सारिएको थियो । अहिले पुनः विमानस्थलको निर्माण सम्पन्न गर्न ६ महिना म्याद थपिएको छ । यो तेस्रो पटक म्याद थपिएको हो । विमानस्थल निर्माणको क्रममा चिनियाँ ठेकेदार र सह–ठेकेदारबीच विवाद, ठेकेदार...



















