तिन नम्बर प्रदेशमा कार्यकर्तामुखी बजेट ल्याएको भन्दै आलोचना
हेटौंडा – तिन नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट वितरणमुखी बनाएको भन्दै आलोचना गरेका छन् । प्रदेश सरकारले आफ्नै नीति विपरीत सयौं टुक्रे योजनामा बजेट विनियोजन गरेको छ । बजेट तुर्जुमालाई बैज्ञानिक तथा वस्तुनिष्ठ तुल्याउने निश्चित आधार र मापदण्डसहितको बजेट तर्जुमा निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख भएपनि त्यसलाई प्रदेश सरकारले पूर्णरुपमा वेवास्ता गरी नेता र कार्यकर्तामुखी बजेट ल्याइएको प्रदेशसभा सदस्यहरुको आरोप छ । प्रदेश सभा सदस्य पुकार महर्जनले प्रदेश सरकारको आगामी वर्षको बजेट पनि वितरणमुखी मात्रै भएको भन्दै आलोचना गरे । प्रदेश...



















