बाँस र निगालाको हस्तकला तालिममा सहभागी हुँदै थाहाका महिलाहरु
फाल्गुन, हेटौडा (थाहा नगर) – गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको वडा नम्बर ४ ठूलो मार्खुमा विपन्न वर्गका महिलाले बाँस, निगालाको हस्तकलाका सामग्री बनाउने तालिम शुरु गरेका छन् । थाहा नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा १५ दिनको सीप विकास तालिम शुरु भएको लघु उद्यम सहजकर्ता दिक्षा पाण्डेले बताइन् । १५ जना महिला सहभागी तालिममा रामकुमार राईले सीप तालिम दिइरहेका छन्। तालिम उद्घाटनको क्रममा लघु उद्यम विकास कार्यक्रमका अधिकृत कुमार नेगी र थाहा नगर कार्यपालिका सदस्य चन्द्रमाया थिङले तालिमको पूर्ण उपयोग गरी सीप सिकेर व्यवसायिक...



















