मुस्ताङी च्याङ्ग्राको मूल्य अत्याधिक वृद्धि
असोज, काठमाण्डौ – यो वर्ष मुस्ताङी भेडा च्याङ्ग्राको मूल्य अत्याधिक बढेको छ । मुस्ताङको कोरला नाका बन्द हुँदा चीनबाट भेडा च्याङग्रा नआएकाले यस वर्ष पनि मुस्ताङ र डोल्पामा पालिएका भेडा च्याङ्ग्रा बजारमा आएकाले मूल्य आकाशिएको व्यापारीहरुले बताएका छन् । तर, उपभोक्ताहरुले भने व्यापारीले मनलाग्दो गरी मूल्य निर्धारण गरेकाले खरिद गर्न महंगो भएको गुनासो गरेका छन् । भेडाको तुलनामा च्याङ्ग्राको मासु स्वादिलो र धेरै खपत हुने भएकाले दशैंमा मुस्तांगी च्याङ्ग्राको माग बढी हुने गर्दछ । मुस्ताङमा व्यापारीहरुले च्याङ्ग्रालाई प्रतिगोटा ४२ हजार रुपैयाँसम्म मूल्य परेको बताएका छन् । केही वर्ष अघिसम्म...



















