धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित
भदौ, काठमाडौ – खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बागलुङ्गको बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् । बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् । बडिगाड गाउँपालिकाले रु दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, खुमलदश र पोख्रेली जेठोबुढोको जातको चार हजार एक सय केजीको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । तर खुमलचार जातको धानको बीउ लगाएका किसानको खेतमा धानको गाँज मर्न...



















