अब बिना जानकारी बत्ती नकाटिने
भदौं, काठमाडौं – लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचना समेत दिन छाडेको छ । यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रूखो हुन थाल्यो । एकातिर फोन नउठ्ने, उठिहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो । पछिल्लो १ वर्षमा आम उपभोक्ताले यस्ता समस्या भोग्दै आएका छन् । गुनासो गर्ने निकायले गुनासो सुन्दैन, आवश्यक परेका बेला विना जानकारी बिजुली काटिन्छ । समस्या...

















