वीरगञ्ज भन्सारको गोदाममा १ हजार जना अटाउने होल्डिङ सेन्टर
साउन, वीरगञ्ज (पर्सा) – नेपाल–भारत मुल प्रवेशद्वार वीरगञ्ज भन्सार नाकामा १ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य शुरु भएको छ । कोरोना संक्रमणको सम्भावित तेश्रो लहरलाई मध्यनजर गर्दै २८ करोडको लागतमा क्वारेन्टाइन सेवा प्रवाह गर्ने उद्देश्यले वीरगञ्ज भन्सार क्षेत्रमा होल्डिङ सेन्टर निर्माण कार्य शुरु गरिएको हो । नेपाल सरकारले नेपाली सेनाको निगरानीमा वीरगञ्ज भन्सार कार्यलयको गोदाममा करिब १ हजार व्यक्ति अटाउन सक्ने क्षमताको उक्त होल्डिङ सेन्टर निर्माण कार्य शुरु भएको हो । कोरोना संक्रमण रोकथान तथा नियन्त्रणका लागि भारतबाट वीरगञ्ज नाका हुँदै भित्रिने नेपाली नागरिकहरुलाई क्वारेन्टाइनमा राखेर खान, बस्न...



















