सुस्मिताको हत्या परिवारबाटै भएको प्रहरीको निष्कर्ष

असार, हेटौडा – मकवानपुरको हेटौंडा वडा नम्बर ४ मा २२ वर्षीया सुस्मिता थापाको हत्या परिवारकै सदस्यबाट भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले परिवारबाटै उनको हत्या भएको निष्कर्ष निकालेको हो । मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानाका अनुसार सुस्मिता हत्यामा उनकै ससुरा र नन्दको संलग्नता रहेको खुलेको छ । ‘सुस्मिता हत्या आफ्नै परिवारबाट भएको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानबाट सुस्मिताकै ससुरा र नन्दबाट हत्या भएको देखिन्छ,’ डिएसपी रानाले भने, ‘ससुरा र नन्दलाई हिरासतमा लिएर अनुसन्धान गरेका थियौँ । १३ दिन...