विद्युतको नयाँ महशुल दर तोकियो
असार, कठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत महशुल दर तोकेको छ । आयोगले यही असारदेखि नै लागू हुने गरी नयाँ दर निर्धारण गरेको जानकारी गराएको छ । बजेट भाषणमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गरिने भनिएकोमा आयोगले त्यसलाई सदर गर्ने लागू गरेको छ । नयाँ महशुल दरमा ५ एम्पियरको लाइन जोड्नेले डिमान्ड शुल्कबाहेक अरु तिर्नु नपर्ने उल्लेख छ । ५ एम्पियरका डिमाण्ड शुल्क ३० रुपैयाँ तोकिएको छ । यस्तै १५ एम्पियरको लाइन जोड्नेलाई न्यूनतम डिमाण्ड शुल्क ५० रुपैयाँ तोकिएको छ । ३० एम्पियरको लाइन जडान...


















