अधिकांश पसलहरु खुल्ने, जोरबिजोर प्रणालीमा गाडी चलाउन पाइने
जेठ २९, काठमाडौं – सरकारले अधिकांश पसलहरु खुल्न दिने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णय समेत गरेको हो । त्यसैगरी सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ । सकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रो पटक एक हप्ता थपेर २५ चैत सम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई...


















