यसरी तिर्नुहोस् घरबाटै विद्युतको महसुल

जेठ , काठमाडौँ – बन्दाबन्दी(लकडाउन)का कारण बिजुलीको बिल तिर्न पाइएन भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले कुनै चिन्ता लिनु नपर्ने भएको छ । विपद्को समयमा प्रविधिको प्रयोग गरेर घर वा आफ्नो निवासबाटै सहजैरुपमा विद्युत्को बिल तिर्ने प्रणालीको विकास भएको छ । विपद्ले नयाँ नयाँ अवसर पनि निर्माण गरिदिन्छ भन्ने आम मान्यता जस्तै नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल तिर्नका लागि नयाँ प्रणाली स्थापना गरेको छ । प्राधिकरणले सो प्रणालीलाई ‘कन्जुमर सेल्फ रिडिङ सिस्टम’ नाम दिएको छ । त्यस्तो प्रणाली प्रयोग गरी खानेपानीलगायतको समेत महसुल तिर्न सकिनेछ । प्राधिकरणले...