दैलेखमा शुरु भयो, ‘छोरी जन्मिए बैंक खाता’ खोलिदिने कार्यक्रम

मंसिर ५, दैलेख – दैलेखको भैरवी गाउँपालिकाले ‘छोरी जन्मिए बैंक खाता’ खोली प्रत्येक वर्ष १ हजार रुपैयाँ जम्मा गरिदिने कार्यक्रम शुरू गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक वर्ष रू १ हजारका दरमा रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको थियो । कार्यक्रमका लागि गाउँपालिकाले रू ३ लाख बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षदेखि गाउँपालिकाभित्र जन्मिएका बालिकाको नाममा ‘सिभिल बैंक’मा खाता खोल्न शुरू गरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसमा सहभागी हुनका लागि स्वास्थ्य चौकीमै सुत्केरी भएको र...