मनहरीमा १३७ जना नेकपामा प्रवेश
मंसिर २०, हेटौडा (मनहरी) – संघीय समाजवादी पार्टीका जिल्ला सदस्य इन्द्र थिङ सहित १ सय सैतिस जना नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । मकवानपुरको मनहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रमको उदघाटन सत्रमा संघीय समाजवादी, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपाका बरिष्ठ नेता एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फुलमाला र टिका लगाई स्वागत गर्नु भएको थियो । पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपाने, बिरोध खतिवडा, कुमारी मोक्तान, रामेश्वर राना, जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्यहरु...



















