चीनबाट पेट्रोलियम पाइपलाइन विस्तारको तयारी

काठमाण्डौ – जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ तर समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि काठमाडौँसम्म पाइपलाइन विछ्याउने योजना अगाडि बढ्न सकेको छैन । केरुङदेखि काठमाडौँ सम्म प्रस्तावित पाइपलाइन विछ्याउने योजना अगाडि बढ्दा भारत सँगको निर्भरतामा सन्तुलन आउन सक्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा भएको चीन भ्रमणको क्रममा समेत पेट्रोलियम आपूर्तिबारे छलफल र सहमति भएको थियो । चार वर्ष अघि २०७२ सालको भूकम्प सँगैको भारतीय नाकाबन्दी पछि पाइप लाइन मार्फत चीनबाट पेट्रोलियम पदार्थ...