राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय

असोज, हेटौंडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाउन थालेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउन पाएकोमा निकै खुशी लागेको पूजा वनकरियाले बताइन् । ‘राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा धेरै खुशी लागेको छ,’ उनले भनिन् । ३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताए । आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उनले अब राज्यका अंगमा आफूहरु पनि सामेल हुन थालेकोमा...