गाउँपालिकाको आफ्नै लागतमा बन्ने भयो, सरिखेत स्वास्थ्य चौकी
मंसिर, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिका वडा नम्बर २ कुडुलेस्थित सरिखेत स्वास्थ्य चौकी भवनको सोमबार शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष राज कुमार मल्लले एक कार्यक्रमका बीच साढे एक तले नयाँ भवनको शिलान्यास गरेका हुन्। गाउँपालिकाको १ करोड १८ लाख २३ हजार लागतमा भरोसा आल्मुनियम एण्ड कस्ट्रक्सनसंग सम्झौता भई निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी भवनले वडा नम्बर १, २ र ३ को क्षेत्रमा स्वास्थ्य सेवा अझ सहज बनाउन अपेक्षा गरिएको छ। शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले केही समयअघिसम्म सिटामोलजस्ता सामान्य औषधिको पहुँच नपुग्ने पालिका अहिले स्वास्थ्य संरचना विकासतर्फ अघि...



















