चिउरी र चमेरो संरक्षण कार्यक्रमका लागि सम्झौता

बैशाख, हेटौडा – बागमती प्रदेश सरकारले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’ कार्यान्वयनका क्रममा चेपाङ बाहुल्य रहेको छ वटा स्थानीय तहसँग सम्झौता गरेको छ । सीमान्तकृत चेपाङ समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक उत्थानका लागि लक्षित गर्दै प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रम कार्यान्वयनका क्रममा शुक्रबार सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा तीन जिल्लाका छ वटा पालिकासँग दोश्रो चरणको कार्यक्रम सम्झौता गरेको हो । २० प्रतिशत स्थानीय तह र ८० प्रतिशत प्रदेश सरकारको साझेदारी रहने बजेट विनियोजन गरी मकवानपुरको राक्सिराङ गाउँपालिका, चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका तथा धादिङको गजुरी र...