फाल्गुन ४ गते देखि तिन दिन पदमपोखरीमा सांस्कृतिक महोत्सव हुने

हेटौंडा । २३ माघ/ हेटौंडा उपमहानगर‌पालिका १३ नं वडा पदमपोखरीको लोकतान्त्रिक चोकमा प्रथम सांस्कृतिक महोत्सव कार्यक्रम हुने भएको छ । आज बुधबार महोत्सवका मुल समारोह समितिले प्रत्रकार सम्मेलन मार्फत आगामी फाल्गुन ४,५ र ६ गते तिन दिन प्रथम महोत्सव हुने सम्बन्धमा जानकारी गराएको हो । “संस्कारसंस्कृति, साहित्य र कलाको जगेर्ना गरौं, स्थानीय व्यापार, कृषि उपज उत्पादनलाई प्रवर्द्धन गरौं” भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको महोत्सव समारोह समितिका संयोजक रञ्जु गोम्जाले बताउनु भएको छ । पदमपोखरीको पहिचानको निमित्त र आन्तरिक पर्यटनलाई टेवा पुर्याउने कार्यक्रमको उद्देश्य रहेको समेत उहाँले बताउनु...