मनहरीमा ह्याङला सोनाम ल्होछार धिम उद्घाटन

माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा ह्याङला सोनाम ल्होछार धिमको उद्घाटन गरिएको छ। मनहरी वडा नम्बर ७ मा रहेको बुद्धशान्ति हरित पार्कमा मंगलबार निर्माण सम्पन्न धिमको मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले उद्घाटन गर्नुभएको हो। तामाङ समुदायले प्रत्येक वर्ष मनाइदै आइरहेको सोनाम ल्होछार पर्वको कार्यक्रमको थप व्यवस्थित गर्न निर्माण गरिएको धिमलाई मनहरी गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको थियो । धिमको निर्माण सम्पन्न भए संगै प्रत्येक वर्ष मनाइदै आइरहेको सोनाम ल्होछार पर्व थप व्यवस्थीत भएको निर्माण समितिका अध्यक्ष सुरेशकुमार मोक्तानले बताए । भोलि देखि सुरुहुने ल्होछार विशेष कार्यक्रम...