थाहाको नगरसभा सम्पन्न, जनमुखी गान बिद्यालय र विशेष कार्यक्रममा बजाईने
हेटौंडा। २६ पौष/थाहा नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । शुक्रबार थाहा नगरपालिकाको जेसीज हलमा भएको नगरसभाले चालु आर्थिक वर्षको समिक्षाका साथै गत सभाले पारित गरेको नीति तथा कार्यक्रम सहितको बजेटमा संसोधन गरेको छ । सभामा चालू आर्थिक बर्षमा भएको वित्तीय तथा भौतिक प्रगतिका सम्बन्धमा जानकारी दिईएको थियो । साथै गत असोज ११ र १२ गतेको बाढी पहिरोले निम्त्याएको बिपदले नगरभित्र पुर्याएको नोक्सानीका कारण बिपद प्रतिकार्यको लागि वडाहरुमा बिनियोजित बजेट लगायत बिबिध कारणले बजेट शीर्षक र रकम संशोधन गर्नको निम्ती हिउँदे अधिवेशन आयोजना गरिएको वडा नम्बर ३ का...



















