नेपाली महिलाहरुको धार्मिक एवं साँस्कृतिक पर्व हरितालिका तिजको अवसरमा सुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

हेटौंडा । भाद्र १६ गते/ अखिल(क्रान्तिकारी ) छात्रा बिभाग मकवानपुर,अनेमा संघ (क्रान्तिकारी) हेटौंडा उपमहानगरपालिका समिती र नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरले हरि तालिका तिजको अवसरमा सुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम आयोजना गरेको छ । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकारका निबर्तमान सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वहाले समाज रुपान्तरणका लागि महिलाहरुको भूमिका महत्त्वपूर्ण हुने बताइन । आइतबार हेटौडाको स्केट ल्यान्ड यान्ड जुम्बा.फिट्नेस स्थल्मा सम्पन्न उक्त कार्यक्रमको अवसरमा प्रमुख अतिथिको मन्तब्यको क्रममा माननीय मोक्तानले अबको क्रान्ति महिला वाट सुरु हुनुपर्ने बताइन्...