गोली प्रहार गर्ने ३ जना पुर्पक्षको लागि थुनामा

फाल्गुन, हेटौंडा – हेटौंडा उपमहानगरपालिका – ९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । हेटौंडा उपमहानगरपालिका ९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मंसिर १९ गते राती गोली प्रहार गरी २० गते फिरौती माग्ने ३ जनालाई नै प्रहरीले पक्राउ गरी ९० दिनसम्म आवश्यक अनुसन्धान गरी अदालत पेश गरेको थियो । मंगलबार जिल्ला अदालतकी माननिय न्यायाधीश मन कुमारी जिएम...