तामाङ समुदायको आज सोनाम ल्होछार, विश्वभर विविध कार्यक्रम गरि मनाइदै

माघ, हेटौडा – तामाङ समुदायले साँस्कृतिक पर्बको रुपमा आज नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व मनाउँदैछन् । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक तथा साँस्कृति पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ । चन्द्र मासमा आधारित मञ्जुश्री पात्रो अनुसार आजदेखि तामाङ समुदायले बिरालो (ह्योई ल्हो) वर्षलाई विदाई गरी गरुड (डुक/ मु पुखी) वर्षलाई स्वागत गरेका छन् । यो २८६० सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना...