मनहरी महोत्सवमा २१ गतेदेखि खुल्ला लोक दोहोरी प्रतियोगिता

माघ, हेटौडा (मनहरी) – मनहरी बगरमा जारी पाँचौ मनहरी महोत्सवमा माघ २१ गते भोलि देखि २५ गतेसम्म खुल्ला लोक दोहोरी गायन प्रतियोगिता हुने भएको छ । आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिसँग समन्वयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुर शाखाले खुल्ला लोकदोहोरी गायन प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ २१ गतेदेखि दिउँसो दैनिक रुपमा खुल्ला दोहोरी गायन प्रतियोगिता हुने जानकारी दिँदै प्रतिष्ठानका अध्यक्ष रविन्द्र थिङले एकजना पुरुष र एकजना महिला कलाकारको टिमले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । ‘हामीले कम्तीमा १६ वटा टिमबीच...