रैथाने बाली बजारीकरणको लागि हिमाली देबिटारको संकलन केन्द्र उद्घाटन

माघ, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्गको हिमाली देबिटार कृषि सहकारी संस्था लिमिटेडले स्थानीय उत्पादन कृषि उपज तथा रैथाने बाली बिक्री वितरण र संकलन केन्द्र स्थापना गरेको छ । संस्थाको चौथो बार्षिक साधारण सभाको अवसरमा मंगलबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त केन्द्रको उद्घाटन गर्नु भएको हो। गाउँपालिकाको वडा नं. ८ मा रहेको संस्थाले गाउँघरमै उत्पादित रैथाने कृषि उपजहरुलाई बजारीकरण गर्ने कामको शुरुवात गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले केन्द्रको उदघाटन गर्दै रैथाने बालीको उत्पादन बढाउन आग्रह गर्नुभयो । संकलन केन्द्रमा रैथाने कृषि सामाग्रीको अभाव कहिल्यै हुन नदिनुस उहाँले भन्नुभयो, कृषि...