पर्यटन प्रबर्द्धनका लागि हेटौंडामा थाहा फोटो प्रदर्शनी हुने

पौष, हेटौंडा – मकवानपुरको पर्यटकीय थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि हेटौडामा फोटो प्रदर्शनी हुने भएको छ । थाहा नगरपालिकाको आयोजनामा पौष २० र २१ गते हेटौंडाको बुद्धचोकमा फोटो प्रदर्शनी हुने भएको हो । थाहा नगरका करिब एक दर्जन फोटोग्राफरहरुले खिचेका थाहा नगरको पर्यटन नगरको प्राकृतिक, धार्मिक स्थल, सभ्यता, सस्कृति र जीवनशैली समेटिएका करिब ६० ओटा फोटोहरुको प्रदर्शनी गरिने फरक सोचका संयोजक यादबजंग रायमाझीले बताउनुभयो । हेटौडा उपमहागरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा, मकवानपुर फोटो पत्रकार संघको सहकार्यमा फोटो प्रदर्शनीको ब्यवस्थापन फरक सोच र शिखर क्लबले गर्नेछन् । पर्यटनको प्रसस्तै...