मनहरी अध्यक्ष कप फुटबल: ६ र ७ नम्बर वडा विजयी

पुष, हेटौंडा (मनहरी) – मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा ६ र ७ नं वडा विजयी भएका छन् । शनिबार देखि सुरु भएको उक्त प्रतियोगिता अन्तर्गत आइतबार २ खेल भएको थियो । पहिलो खेल ५ नं वडा र ६ नं वडा बिचमा रहेको थियो । पहिलो खेलमा ५ नं वडालाई ३-० गोल अन्तरले पराजित गर्दै ६ नं वडा विजयी भएको हो । पहिलो खेलको म्यान अफ दि म्याचको ट्रफी र २ हजार रकम सहित अभिषक खड्का सम्मानित भएका थिए । यस्तै आइतबार नै भएको दोस्रो खेल १ नं वडा...